
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यू
मोटरसाइकल दुर्घटनामा परी गोरखामा एक युवाको मृत्यू भएको छ ।
गोरखाबजारबाट आँबुखैरेनीतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी भीमसेनथापा गाउँपालिका २ तान्द्राङका ३४ बर्षीय टीकाराम लामिछानेको मृत्यू भएको हो ।
उनी सवार बा ४२ प ७९८३ नंबरको मोटरसाइकल बिहिबार दिउँसो दुईबजे गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरास्थित सडकमा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । घाइते अबस्थाका उनलाई गोरखा अस्पतालमा उपचारका क्रममा साँढे तीनबजे मृत्यू भएको घोषणा भएको प्रहरीले जनाएको छ ।




