| मङ्लबार, कार्तिक २४, २०८३

न्याकफेदीदेखि गपसम्म मान्छे हिड्न मिल्छ, खच्चड हिड्न मिल्दैन

आरीघोप्टे बर्षापछि गत शनिबार झरेको पहिरोले उत्तरी गोरखाको मनास्लु पदमार्गमा क्षति पु¥याएको छ । पर्यटक आउने सिजनमा पदमार्गमा पहिरोले क्षति पु¥याउँदा समस्या भएको स्थानीयबासीको भनाइ छ । ‘पहिरोले बाटो धेरै ठाउँमा समस्या भएको थियो ।

केही ठाउँमा मर्मत भइसक्यो केहीमा बाँकी छ’, चुमनुब्री गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष पेमा ग्याल्बो लामा भन्छन्, ‘अहिले जसोतसो मान्छे हिँड्न सक्ने भएको छ । अझै खच्चड हिँड्न सक्दैन । खच्चड हिँड्न नसक्दा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या परेको छ ।’ खच्चड हिँडाउन नसकिएपछि पर्यटक सिजनमा होटलहरुलाई आवश्यक पर्ने खाद्यान्न लगायतका सामान ढुवानी गर्न नसकिएको उनले बताए ।

लामाका अनुसार न्याकफेदीदेखि गपसम्मको बाटोमा धेरै समस्या छ । ‘न्याकफेदीदेखि पेवासम्म दुई ठाउँमा ठूला पहिरोहरु छन्’, उनी भन्छन्, ‘बिहीफेदीदेखि गपसम्मको खण्डमा तीन ठाउँमा पहिरो छन् । पहिरोमा मान्छे त अडिएर जसोतसो हिड्न सक्छन्, तर खच्चड हिड्न सक्दैन ।’

बिहीदेखि चिसापानीसम्मको बाटो आवतजावत गर्न कठिन रहेको बिहीकी छिरिङ खाम्दो लामाको भनाइ छ । ‘पहिरै पहिरो रहेछ । हिडडुल गर्न पनि गाह्रो’, उनी भन्छिन्, ‘मान्छे त जसोतसो हिँड्न सक्ने रहेछन्, खच्चड त नसक्ने रहेछ ।’
बाटोको मर्मतसम्भार गरेर खच्चडलाई समेत हिँड्न मिल्ने बनाउने वडाअध्यक्ष पेमा ग्याल्बो लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्