| आइतवार, कार्तिक २२, २०८३

उत्तरी गोरखामा हेलि उडान सहज बनाउन गठित कार्यदलको बैठक सम्पन्न

उत्तरी गोरखामा हेलि उडानलाई सहज बनाउन गृहमन्त्रालयद्धारा निर्माण गरिएको कार्यदलको पहिले बैठक सम्पन्न भएको छ । मंगलवार गृहमन्त्रालयमा भएको बैठकमा उपस्थित सरोकारवालाबाट प्राप्त सुझावहरुको ड्राफ्ट तयार गरि अर्काे बैठकमा पेश गर्ने छलफल भएको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा गुरुङले बताए ।

अर्काे बैठक यही असोज १८ गते बस्ने निर्णय समेत भएको उनले जानकारी दिए । उत्तरी गोरखामा हेलि चार्टर सहज गर्न माग गर्र्दै स्थानीयले हेलि उडान रोकेपछि समस्या समाधानका लागि गृहमन्त्रालयले यही असोज १० गते उपसचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालय तथा कार्यालयका अधिकृतहरु सम्मिलित कार्यदल गठन गरेको हो । सोही कार्यदलको पहिलो बैठक मंगलवार बसेको हो ।

प्रतिक्रिया दिनुहोस्