
छात्राबासका बालबालिकाहरुलाई कपडा वितरण
बारपाक सुलिकोट गाउँपालिकाले अभिभावक बिहिन बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको छ । पालिकाले गाउँपालिका अन्तरगत मनासलु छात्राबासमा रहेर अध्ययन गरिरहेका बालबालिकाहरुलाई कपडा वितरण गरेको हो ।
नेपालीहरुको महान चाड बडादशैँको अवसर पारेर बालबालिकाहरुको रोजाइ अनुसारको कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, पालिकाको ६ नं वडाको वडा अध्यक्ष लगायतको उपस्थितिमा कपडा वितरण गरिएको पालिकाको भनाइ छ ।




