| मङ्लबार, कार्तिक २४, २०८३

कालिका लघुवित्तले ग¥यो सरसफाई तथा डस्टबीन वितरण

भिमसेनथापा गाउँपालिका–१ घ्याम्सेल स्थीत कालिका लघुवित्त वित्तिय संस्थाले टोल सरसफाई तथा डस्टबीन वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष अन्तरगत घ्याम्सेल टोलमा सरसफाई तथा ६ थान डस्टबीन वितरण गरेको हो ।
नजिँकिदै गरेको चाडपर्वलाई मध्यनजर राख्दै सरसफाई कार्यक्रम संचालन गरिएको कालिका लघुवित्त वित्तिय संस्था घ्याम्सेल शाखाकी शाखा प्रमुख तारा ढुङगानाले बताइन् । संस्थाको ‘टाल टोलमा हरियाली, स्वच्छ वातावरण समुदायमा खुशीयाली’ भन्ने नारालाई आत्मसाथ राख्दै सरसफाई कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।
घ्याम्सेल टोल बिकास समितिका अध्यक्ष नवराज देवकोटा, घ्याम्सेल सहकारीका अध्यक्ष अली बकस मियाँ, प्रहरी तथा स्थानीयहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्