
गोरखामा एक वृद्धा महिलाको शव फेला
गोरखाको शहिदलखन गाउँपालिका–६ सखौरा खोला किनारमा एक वृद्धा महिलाको शव फेला परको छ । शहिदलखन गाउँपालिका–६ अधेरी बस्ने ७० बर्षीया बालकुमारी श्रेष्ठको शव आइतवार बिहान आठ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार उनी शनिवार बिहान ११ बजे बुंकोटस्थित दिदीको घरबाट आफ्नो घर जान निस्केकी थिइन् । आइतबार बिहान उनी खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
‘स्थानीयले देखेपछि हामीलाई खवर गरे,’ उनले भने, ‘घैरुङ प्रहरी चौकीबाट टोली घटनास्थल पुगिसकेको छ, जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली जाँदै छ ।’




