
पहिरोले लाप्राक र पाङसिङका घरहरु जोखिममा
अबिरल बर्षापछिको पहिरोले धार्चे ४ लाप्राक र चुमनुब्री ३ पाङसिङका घरहरु पहिरोको जोखिममा परेका छन् ।
केहीदिनदेखिको लगातारको बर्षाका कारण गाउँमाथि फ्याप्चेत डाँडाबाट झरेको पहिरोले गाउँका केही घरहरु जोखिममा परेको वडाअध्यक्ष किसान गुरुङले जानकार दिए । हाल पहिरोमा बगेर आएको लेदो गाउँको बीचमा अबस्थित नालाबाट बगेको छ । पहिरो बढ्यो भने आसपासको घरहरुमा क्षति पु¥याउन सक्ने उनले बताए ।
त्यस्तै पाङसिङ गुम्बाबाट झरेको पहिरोले पाङसिङको कामीबस्तीका तीन घरमा क्षति पुगेको वडासदस्य कान्छा गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार स्थानीय डुण्डुप गुरुङ, जगबहादुर गुरुङ र कमला गुरुङको घरमा क्षति पुगेको हो । डुण्डुप र जगबहादुरको घरभित्र पहिरो पसेर क्षति भएको छ भने कमलाको घर वरिपरि पहिरोको बीचमा परेर जोखिम भएको उनले बताए ।




