
गोरखामा पुल, ट्रिपर, एक्साभेटर, जेसिबी बगायो
अबिरल बर्षासंगै त्रिशुली नदीमा आएको बाढीले गोरखामा झोलुङ्गे पुल, ट्रिपर, एक्साभेटर र जेसिबी बगाएको छ ।
सहिद लखन गाउँपालिका ४ ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ । त्यस्तै सहिद लखन ४ सिलिङ र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल, गण्डकी गाउँपालिका ६ को हिक्लुङ र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल र गण्डकी गाउँपालिका ७ धवादी र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल त्रिशुलीको बाढीले क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
‘सुपर त्रिशुली हाइड्रोपावरको कार्यक्षेत्रमा रहेको बाग्मती प्रदेश ०३–००१ क ६८५ नंबरको ट्रिपर, मधेश प्रदेश ०३–००१ ख ७५४२ नंबरको ट्रिपर, मधेश प्रदेश ०३–००१ ख ७५४८ नंबरको ट्रिपर, बा २ ख १४२७ नंबरको जेसिबी र दुईवटा नंबर खुल्न नसकेका एक्साभेटर बगाएको छ’, डिएसपी श्रेष्ठले भने, ‘त्यस्तै चारवटा झोलुङ्गे पुलको स्पान बाढीले लछारेर क्षतिग्रस्त बनाएको छ ।’ ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने पुल भने बगाइसकेको उनले बताए ।
स्पानमा बाढीले हानेर मान्छे हिडडुल गर्न नमिल्ने गरी बिगारेको उनले बताए ।
तस्वीर सौजन्य : दानबहादुर गुरुङ ।




