
सुरक्षा व्यवस्थामा कडाई गर
श्रृंखलावद्ध रुपमा सुनका गहना लुट्नेहरुलाई शनिवार प्रहरीले पक्राउ ग¥यो । उनीहरुलाई समाउन प्रहरीले ठुलै कसरत गर्नुप¥यो । अन्ततः चोर समाउन सफल बनेको गोरखा प्रहरीले अन्य चोरीका घटनामा भने हाल सम्म सफलता पाउन सकेको छैन ।
२०७७ सालमा पालुङटार नगरपालिका–९ बिर्दीबजारको मिरकोट बचत तथा ऋण सहकारी संस्थाबाट करिव पाँच लाख १८ हजार नगद चोरी गर्नेहरु अझै पत्ता लागेका छैनन् । २०७८ सालमा भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ को भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट २६ लाख रकम चोरी भयो । तर चोर अझै पत्ता लागेको छैन ।
केही दिनअघि भीमसेन थापा गाउँपालिकाकै मसेलस्थित बिन्द्रवती महिला बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख २८ हजार नगद चोरी भयो । चोरीमा संलग्नहरुको अहिलेसम्म पहिचान हुन सकेको छैन । गण्डकी गाउँपालिकामा भएको चोरीका घटनाहरुको अवस्था पनि उस्तै छ । चोरीमा संलग्नहरुको पहिचान हालसम्म हुन सकेको छैन ।
पछिल्लो समय जिल्लामा चोरीको घटना बढ्दो छ । पटक पटक दोहारिरहने यस्ता घटनामा संलग्नहरुको पहिचान गर्न भने प्रहरी असफल हुदै आएको छ । यसको जिल्लाको सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा गरेको छ । अव झन् चाडवाड नजिकिदै छ ।
चोरको बिगबिगी बढीरहेका बेला चाडवाडमा चोरीका थप घट्नाहरु नहोलान् भन्न सकिन्न । अहिलेकै सुरक्षा व्यवस्थाले जिल्लामा हुदैँ आएका यस्ता अपराधिक घटनाहरु नियन्त्रण होलान् भन्नेमा दुविधा छ । सुरक्षा व्यवस्थालाई थप मजवुद बनाउन प्रहरी प्रशासनले बिशेष सुरक्षा रणनीति अपनाउनुपर्छ । अनि मात्र जिल्लावासीले सुरक्षित महशुस गर्छन् ।




