
सोती माछाखोला सडकखण्ड संचालनका लागि पहिरो हटाउने काम सुरु
वेनिघाट लार्के सडक अन्तरगत सोती माछाखोला खण्डमा पहिरो पन्छाएर सडक खुलाउने काम सुरु भएको छ । बर्षाकाकारण बिभिन्न ठाउँमा गएको पहिरो हटाउने कामभइरहेको गोरखा सडक योजनाले जनाएको छ । कार्यालयकाअनुसार लापुवेशीको पहिरोमानयाँ ट्रयाक खेलेर सडक सुचारु गरिएको छ ।
‘ठुलो पहिरो गएकाले त्यहाँपहिरो पन्छाउन सक्ने अवस्थानभएर नयाँ ट्रयाक खोल्ने ठेक्कालगाएकाथियौ,’ कार्यालय प्रमुखअमिन्द्र खड्काले भने, ‘पहिरो माथिबाट करिव ६० मिटर नयाँ ट्रयाक खोलेर सडक सुचारु भइसकेको छ ।’ पहिरोकाकारण करिव ६ महिनादेखि उक्त सडक अवरुद्ध थियो । यताखानीवेशीखोलाले बगाएको सडक पनिमर्मतको काम सुरु भएको छ ।
शनिवारबाट सडक मर्मतको काम सुरु भएको कार्यालय प्रमुख खड्काले बताए । ‘खोलाले सडक खोतलेको थियो, रिटर्निङ वाललगाएर चार मटिरको बाटो बनाउने काम सुरु भएको छ,’उनले भने । करिव एक सातामा अवरुद्ध बनेको उक्त सडक संचालनमाआउने उनले जानकारी दिए । माछाखोलामापनि आजबाट काम सुरु गरिने उनको भनाइछ ।




