| आइतवार, कार्तिक २२, २०८३

हेलीकप्टर दुर्घटनाले शोकमा सामागाउँ

हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु, एक घाइते

गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा धादिङको जंगलमा भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार नाइनएनएएलएस कल साइनको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको हो।
तिवारीका अनुसार हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको छ भने एक घाइते छन्।

गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएको थियो।  हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।

हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु सवार थिए । हेलिकोप्टरमा सवार मध्येहिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसी (पाइलट) सवार थिए । तिवारीका अनुसार डोल्मा डिकी मात्र जीवित छिन्। अन्य यात्रुको शव हेलिकोप्टरमै भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्