| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न

धार्चे गाउँपालिका–५ माछिखोलामा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालय तथा यूएसएआइडीको जलजंगल क्रियाकलापको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

पूर्वाधार विकास निर्माणका क्रममा वातावरणमा पर्ने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्दै सकारात्मक प्रभावलाई प्रवद्र्धन गर्ने उदेश्य सहित कार्यक्रम संचालन गरिएको कार्यक्रमका सहजकर्ता राजेन्द्र बस्नेतले बताए । कार्यक्रममा वातावरणविद दिवश सापकोटाले सहजीकरण गरेका थिए ।

उनले वातावरणीय सुरक्षाको महत्व स्पष्ट पार्दै निर्माण कार्य र पूर्वाधार विकासका क्रममा देखिने वातावरणीय जोखिमहरूको पहिचान र तिनको न्यूनिकरणका उपायहरू बारेमा जानकारी गराएका थिए । धार्चे गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत सन्देश गौडेलको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्