| मङ्लबार, कार्तिक २४, २०८३

श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखामा एक दिने श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा गोरखा उद्योग वाणिज्य संघको समन्वयमा एकदिने श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा संघमा आबद्ध श्रमिक/कामदार/कर्मचारीहरु राखी विभिन्न किसिमका व्यापार, व्यवसाय साथै उद्योग संचालन गरिरहेको प्रतिष्ठान/संचालक र व्यवस्थापकहरुको सहभागितामा कार्यक्रम गरिएको उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । सहभागीहरुलाई श्रम तथा रोजगार कार्यालयका बरिष्ठ श्रम अधिकृत सुरेश ढकाल, प्रमुख बाल समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले र कारखाना निरीक्षक बलराम कुशवाहले सहजिकरण गरेका थिए ।

कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ गोरखा अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के र सहभागीको तर्फबाट उद्योग वाणिज्य संघ आरुघाट इकाईका अध्यक्ष टिकानारायण श्रेष्ठले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्