| मङ्लबार, कार्तिक २४, २०८३

जिल्ला प्रशासन कार्यालमा प्राथमिक स्वास्थ्य परीक्षण कक्ष

जिल्ला प्रशासन कार्यालय गोरखामा प्राथमिक स्वास्थ्य परिक्षण कक्ष सञ्चालन गरिएको छ । प्रशासनमा सेवा लिन आउने वृद्धवृद्धा तथा असहाय अशक्तलाई मध्यनजर गरेर प्राथमिक स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र घिमिरेले बताए ।

सबै जसो जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य परीक्षण कक्ष रहने व्यवस्था भए अनुसार नै गोरखामा पनि सञ्चालनमा गरिएको उनले जानकारी दिए । ‘सबैतिर जिल्ला प्रशासन कार्यालयमा प्राथमिक स्वास्थ्य परीक्षण कक्ष रहने व्यवस्था छ,’ उनले भने, ‘हामीले पनि यसको लागी गोरखा नगरपालिकासँग आग्रह ग¥यौँ । उहाँहरुको व्यवस्थापन र सहयोगमा प्राथमिक स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएका हौँ ।’

वृद्धवृद्धा तथा असहाय अशक्त प्रथामिकतामा रहेता पनि सबै खालको सेवाग्राहीले सेवा लिन सकिने उनले बताए । अहिले नगरपालिकाको स्वास्थ्य शाखाको एक जना अनमीसहित प्राथमिक स्वास्थ्य परीक्षण कक्ष सञ्चालन रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । परीक्षण कक्षमा सामान्य खालको ब्लडप्रेसर, ज्वरो नापजाँच, अन्य प्राथमिक स्वास्थ्य चेकजाँचसहित साधारण खालका औषधी सेवा पनि उपलब्ध रहेको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्