| आइतवार, कार्तिक २२, २०८३

गोरखा यातायात व्यवसायी सहकारीको साधारण सभा सम्पन्न

गोरखा यातायात व्यवसायी सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको सभाले आर्थिक बर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ती तथा भावी कार्ययोजनाहरु पास गरेको छ ।

संस्थाका अध्यक्ष गणेश बाँनियाको अध्यक्षता तथा सहकारीका संस्थापक अध्यक्ष नारायण खत्रीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव एकराज उपाध्यायले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानकाजी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शेयर धनी दिपक बोहोरा, अन्जन खत्री लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्