| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा सवारी दुर्घटनामा परी नेपाली सेनाका दुईजना घाइते

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका दुईजना घाइते भएका छन् । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको बा. ७० प २८७१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत दुई जना भएको घाइते हो ।

शनिबार अपरान्ह साँढे चारबजेतिर भएको सो दुर्घटनामा परी गोरखास्थित रिपुमर्दन गणमा कार्यरत लेसद्वय सुरेन्द्र राई र जनम राई घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइते दुवै जनाको गोरखा अस्पतालमा उपचार भई रहेको प्रहरी नायब उपरिक्षक एवं रमेशकुमार श्रेष्ठले बताए ।

घाइतेमध्य सुरेन्द्र राईको अवस्था गम्भिर रहेको डिएसपी श्रेष्ठले बताए । ट्रिपर चालक अजिरकोट गाउँपालिकाका चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्