| आइतवार, कार्तिक २२, २०८३

सानिमा बैँकद्वारा छात्रवृत्ति प्रदान

सानिमा बैँक गोरखा शाखाले २ जना विद्यार्थीहरुलाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । बैँकले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो । गोरखा नगरपालिका–६ का अंकित माल्बुल र धार्चे गाउँपालिका–५ का देव गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको सानिमा बैँक गोरखा शाखाका शाखा प्रबन्धक गणेश कुमार मल्लले बताए ।

‘बैँकले आफ्नो गरिब तथा जेहेन्दार छात्रवृत्ति अन्तरगत वर्षेनी कक्षा ११ मा अध्ययनरत दुई विद्यार्थीहरुलाई छनोट गरेर छात्रवृत्ति दिने गरेको छ’, उनले भने, ‘हामीले छात्रवृत्तिका लागि निवेदन माग गरेका हुन्छौँ । अनि आएका निवेदनबाट विद्यार्थीहरुको शैक्षिक तथा घरायसी अवस्था हेरेर उनीहरुमध्यबाट छनोट गर्छौँ ।’

छात्रवृत्तिका लागि विद्यालयमै विद्यार्थीहरुले निवेदन दिने गरेको उनले बताएका छन् । ‘छनोट भएका विद्यार्थीहरुलाई कक्षा ११ र १२ दुवै वर्ष ५०/५० हजारका दरले छात्रवृत्ति दिन्छौँ तर उनीहरु अनिवार्य रुपमा उत्तीर्ण भने हुनुपर्ने हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्