
खुलेको एक महिनापछि रुइला नाका पुनः बन्द
गत साउन ५ गतेदेखि खुल्ला गरिएको रुइला नाका अर्को एकबर्षसम्मका लागि बन्द गरिएको छ । बर्षमा एकपटक एक महिनाका लागि खुल्ला गरिने सो नाका गत सोमबारदेखि पुन बन्द गरिएको हो । नाका बन्द गर्ने दिन सोमबार चिनियाँ र नेपाली सीमा सुरक्षा बलले संयुक्त रुपमा गस्ती गरेका थिए ।
त्यसपछि चिनियाँ सुरक्षा अधिकारी, नेपालतर्फको सशस्त्र प्रहरीको बिओपी तथा जनप्रतिनिधिहरु र साम्दाको स्थानीयबासी बीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै दुवै पक्षले दुवै देशको हितलाई ध्यानमा राखी सीमा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिने प्रतिवद्धता गरिएको थियो । साथै सामागाउ, साम्दोका पक्षले हरेक बर्ष नाका खुलाउँदा कम्तिमा एक महिना अघि सूचना दिन अनुरोध गरेका थिए ।




