
व्याडमिन्टन प्रतियोगितामा पौडेल र मगरको टिम पहिलो
निजामति सेवा दिवसको सन्दर्भ पारेर जिल्ला सदरमुकाममा आयोजित व्याडमिन्टन प्रतियोगितामा महेश पौडेल र राजु मगरको टिम पहिलो बनेको छ ।
बिहीवार भएको फाइनल खेलमा मिलन सुनार र दिपक पन्तको टिमलाई हराउँदै उनीहरु बिजयी बनेका हुन् । फाइनल खेलमा हार व्यहोरेका सुनार र पन्तको टिम दोस्रो बनेका छन् । प्रतियोगितामा मदन मोहन शाण्डिल्य र अम्विका सापकोटाको टिम तेस्रो बनेको आयोजक कर्मचारी मिलन केन्द्र गोरखाले जनाएको छ ।
हरमटारी खेलमैदान नजिकै रहेको कवर्ड हलमा मंगलवारबाट सुरु भएको प्रतियोगितामा २४ टिमको सहभागीता रहेको थियो । भोली शनिवार परेको निजामती सेवा दिवसको अवसरमा एक कार्यक्रमका बीच प्रतियोगिताका बिजेता टिमलाई पुरस्कार वितरण गरिने केन्द्रका सहसचिव महेश पौडेलले बताए ।




