
रेडक्रसको ६२ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा बुधबार रेडक्रस सोसाइटी गोरखा शाखाले विविध कार्यक्रम सम्पन्न गरेको छ । “मानवतालाई जिवित राखौं” भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न गरेको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा कार्यालयका प्रमुख सुवास घिमिरेले जानकारी दिए ।
‘स्थापना दिवसको अवसर पारेर आरुघाटस्थित लक्ष्मीनारायण धाम बूढीगण्डकी वृद्धाश्रमका ७ जना वृद्धवृद्धा र ४ जना कामदार कर्मचारीका लागि खाद्यान्न तथा भाडाकुँडा वितरण गरेका छौँ’, उनले भने, ‘यसैगरी नेपाल रेडक्रस सोसाइटी ताप्ले उपशाखाको आयोजनामा महिला तथा पुरुषको रिले दौड प्रतियोगिता कार्यक्रम समेत सम्पन्न भएको छ ।’ रिले दौड प्रतियोगितामा महिलातर्फ जुवेधा खातुन र पुरुष तर्फ सागर भट्टराई प्रथम भएको उनले बताए ।
यसैगरी डेंगी सम्बन्धी सरसफाई र जिल्ला शाखा तथा अन्य सवै उपशाखाबाट रेडक्रसका संस्थापक हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरी ६२ औं रेडक्रस दिवश मनाएको बताइएको छ ।




