
प्रतिबन्धित ट्रमाडोलसहित एक व्यक्ति पक्राउ
बेचबिखन र कारोबारमा प्रतिबन्धित ट्रमाडोल सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले शनिबार गोरखा नगरपालिका–६ जिविस चोकबाट ट्रमाडोल सहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धार्चे गाउँपालिका–७ का रुपेश घले रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताए । ‘घलेलाई शंकास्पद अवस्थामा डिउटीमा फेला पारी उनको शरीर खानतलासी गर्दा ३० पत्ता ट्रमाडोल क्यापसुल फेला परेको हो’, उनले भने ।
उनीबिरुद्ध लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




