| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालमा लिफ्ट विधिवत सुरु


सेवा सुविधामा सुधार गर्दै आएको गोरखा अस्पतालमा हालै बिरामीलाई थप सेवा सुविधा दिने उद्देश्यले लिफ्ट निर्माण भएको छ । नवनिर्मित लिफ्टको शुक्रबार विधिवत उद्घाटन भएको छ ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो लिफ्टको उद्घाटन गरेका हुन् । लिफ्टसंगै मुख्यमन्त्रीले अस्पतालको मुख्य प्रवेशद्वारको पनि उद्घाटन गरेका छन् ।


उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले गोरखा अस्पतालले सेवामा सुधार ल्याएकोमा प्रसंसा गर्दै रिफर भएर बिरामी बाहिर जिल्ला पठाउने क्रमलाई अझै न्यूनिकरण गर्दै लान आग्रह गरेका थिए ।


गण्डकी प्रदेश सरकार माताहत विभिन्न जिल्लामा १२ वटा अस्पताल सञ्चालन भइरहेको भन्दै गृहजिल्ला गोरखाको अस्पताललाई प्राथमिकता दिएको बताएका थिए । अस्पताल आत्मनिर्भर भएर बिरामीको सेवा गर्नुपर्नेमा उनको सुझाव दिँदै उनले विशेषज्ञ चिकित्सकहरु सहरकेन्द्रीत हुँदा दक्ष जनशक्तिको अभाव हुनु राष्ट्रव्यापी समस्या भएको बताएका थिए । प्रदेशले यस अस्पतालाई स्रोतसाधन सम्पन्न बनाउन सक्दो प्रयत्न गर्ने बताएका थिए ।


साथै उनले फरक प्रसंगमा आफूले यसअघि पनि कहिल्यै पनि राजनीतिक पूर्वाग्रह राखेर काम नगरेको र अब पनि त्यसरी काम नगर्ने जनाएका थिए ।


अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, अर्का सांसद सुशीला सिँखडा, जिल्ला समन्वय समितिका उपप्रमुख लीला परियार, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहनलाल श्रेष्ठलगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्