| मङ्लबार, कार्तिक २४, २०८३

आश्रमको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

मानव सेवा आश्रमले आफ्नो १२ औं बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ ।
उत्सवको अवसरमा बिहीवार रक्तदान कार्यक्रम गरिएको गोरखा आश्रमले जनाएको छ । कुल २५ पाउण्ड रगत संकलन भएको बताइएको छ । गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । गोरखासँगै १८ वटा जिल्लामा एकसाथ रक्तदान कार्यक्रम भएको आश्रमले जनाएको छ । कुल ३ सय ६२ जनाले रक्तदान गरेका छन् । जिल्लाको रेडक्रस सोसाइटीसँग समन्वय गरी कार्यक्रम गरिएको हो । देशभर फैलिएको डेंगुको संक्रमण भएका विरामीलाई लक्षित गरी रक्तदान कार्यक्रम गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्