
धार्चेमा होमस्टे सम्बन्धी ७ दिने तालिम सम्पन्न
धार्चे गाउँपालिकामा घरवास(होमस्टे) सञ्चालन तथा व्यवस्थापन सम्वन्धी ७ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाको आयोजना तथा यु.एस.ए.आइ.डी बायोडाइभर्रसिटी (जल जंगल) परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित उक्त तालिम बुधबार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।
तालिममा धार्चे गाँउपालिका–२ को लामावेशी समुदायिक होमस्टे, वडा नंं ३ खोर्ला उहियाको व्याङ्गराङ सातकन्या सामुदायिक होमस्टे र चुमनुव्री गाउँपालिका–३ को फिलिम सामुदायिक होमस्टे र आँगा अर्गानिक सामुदायिक होमस्टेका कुल २१ घरधुरीको सहभागिता रहेको केन्द्रले जनाएको छ ।
तालिममा होमस्टेको अवधारण, होमस्टे सञ्चालन गर्नुका फाईदा, होमस्टे सञ्चालकले गनुपर्ने घर तथा वातावरणको सरसफाई, व्यक्तिगत सरसफाइ, होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने आधारभुत सामगी्र, अतिथि सत्कारको तौर तरीका, स्थानीय उत्पादनको प्रवद्र्धन, स्थानिय संस्कृतिको संरक्षण, सञ्चालक तथा पाहुनाले पालना गर्नुपर्ने आचार संहिता साथै विभिन्न प्रकारका परिकारहरु तयार गर्ने तथा पाहुनाहरुलाई प्रदान गर्ने तरिका बारे प्रशिक्षण प्रदान गरिएको श्री स्वाँरा सघन गाउँ विकास केन्द्रका नारायण ढकालले जानकारी दिए ।
व्याङ्गराङ सातकन्या सामुदायिक होमस्टेका अध्यक्ष रत्न कुमारी गुरुङ्गको अध्यक्षता तथा धार्चे गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धार्चेकी उपाध्यक्ष सुनीला गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार, श्री स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाका कार्यकारी निर्देशक सिताराम श्रेष्ठ, धार्चे गा.पा.२ का वार्डअध्यक्ष सरोज गुरुङ्ग तथा कान्तिपुर बहुप्राविधिक शिक्षालयका तालिम संयोजक कलम थारु लगायतले मन्तव्य राखेका थिए ।




