| मङ्लबार, कार्तिक २४, २०८३

तीन महिनादेखि गोरखामा छैनन् सहायक सिडिओ

विगत तीन महिनादेखि गोरखा सहायक प्रमुख जिल्ला अधिकारी विहिन छ ।
यसअघिका सहायक प्रजिअ श्रीनाथ पौडेल सरुवा भएर कास्की गएसँगै गोरखाले अर्को सहायक प्रजिअ पाएको छैन । पौडेल जेठ ११ गते सरुवा भएर गएका हुन् ।

त्यसयता रिक्त रहेको सहायक प्रजिअको पदमा हालसम्म कसैलाई पनि खटाइएको छैन । सहायक प्रजिअ नहुदाँ जिल्ला प्रशासन कार्यालयको नियमित कार्य आदिमा समस्या परेको छ । सहायक प्रजिअकै टेबलमा सुल्झिने कामसमेत आफैले सम्हाल्नु परेको प्रजिअ भोला दाहाल बताउँछन् ।

‘सहायक प्रजिअ हुँदा नियमित काम उहाँले गर्नुहुन्थ्यो । विभिन्न समस्या, विवाद, विकास निर्माणको काममा आइपरेका झमेला आदि काममा समन्वय गर्न सकिन्थ्यो’, प्रजिअ दाहालले भने, ‘सहायक प्रजिअ नहुँदा नियमित काममा मात्र भुल्नुपरेको छ ।

सहायक प्रजिअको टेवलबाटै टुंगिने काम पनि मेरै टेवलमा आउँछ । कार्यालयको नियमित काम सहायक प्रजिअलाई जिम्मा दिएर जिल्लाको बिकास निर्माणको अनुगमन, जिल्लामा आइपरेका समस्या समाधानका लागि आवश्यक छलफल र समन्वयका काममा समय दिन पाएको छैन ।

’ सहायक प्रजिअ ल्याउनका लागि आफूहरुले पहल गरिरहे पनि हालसम्म ल्याउन नसकिएको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्