
गोरखा बजारभित्रै पहिरोको त्रास
गोरखा बजारको एउटा टोल पहिरोको जोखिममा रहेको छ । गोरखा नगरपालिका ७, मिलनटोल (सालबोटे) पहिरोको उच्च जोखिममा परेको स्थानीयले बताएका छन् ।
बस्तीभन्दा तल रहेको चिहाने खोलाले सडकसम्म पहिरो तानेपछि त्यहाँका छ घर जोखिममा परेको स्थानीयबासीको भनाइ छ । ‘एक महिनाअघि अलिअलि पहिरो झरेको थियो ।
बिस्तारै दिनदिनै अलिअलि गरेर जमिन तानिरहेको छ । अहिले यस्तो भयो’, घर जोखिम भएकी स्थानीय प्रतिभा अधिकारीले भनिन्, ‘अहिले त यति धेरै गइसक्यो ।
घरै लान्छ कि भन्ने चिन्ता परेको छ ।’ पहिरोको जोखिममा रहेकाले पानी कटाउन प्लास्टिक, त्रिपाल माग्दा नगरपालिकाले एक महिनापछि बल्लतल्ल दुईवटा पाल दिएको उनले गुनासो गरिन् । ‘यहाँ जमिन भासिन थालेको एक महिना नि बढिभइसक्यो तर, नगरपालिकाले अहिलेसम्म वास्ताब्यस्ता गरेको छैन’ प्रतिभा भन्छिन्, ‘बल्लतल्ल हिजो दुईवटा पाल दिएको छ । त्यसलाई भुइँमा ओछ्याएर अलिअलि पानी कटाएका छौँ ।
’ नगरपालिकाले पाल दिनुअघि स्थानीयबासीले सानातिना बोरा, प्लास्टिकका टुक्रा छापेर पानी जमिनभित्र घुस्नबाट जोगाएका थिए । जमिन भासिन थालेपछि स्थानीयबासीले बिसौनीमोडबाट बतासे जाने सडकमा सवारी साधन चल्न पनि प्रतिवन्ध लगाएका छन् । ‘यसैपनि जमिन क्रमशः भासिँदै गएको छ, झन सवारी साधन गुड्यो भने थर्किएर धेरै जमिन भासिन्छ भनेर हामीले सबैखालका सवारी साधन चल्न रोकेका हौँ’, अर्का स्थानीय तोरणबहादुर अधिकारीले भने, ‘अब झरी थामिन्छ, जमिन भासिन छोड्छ अनि बल्ला खुल्ला गरौँला ।’
सुरुमा सो टोलमा रोड र अरु भुइँमा कपालको रौजस्ता स–साना चिरा थिए । तर जब बर्षा सुरु भयो, अनि सडकभन्दा तलको सतह भासिएर झण्डै पाँच मिटर तल पुगेको छ । ‘रोड पनि फाटेर दुईखण्ड भएको छ’, स्थानीय प्रतिभा अधिकारी भन्छिन्, ‘खोलाले तानेर हो कि, अहिले त देख्दै डरलाग्दो भएको छ ।’ सो चिहाने खोलाको फेदमा पनि लामो पहिरो गएको छ । सो पहिरोको दुस्प्रभावका कारण यहाँको जमिन तानिएको हुनसक्ने अनुमान गरिएको छ ।
सो खोलाको पहिरोले सडकभन्दा माथिको क्षेत्रमा पनि जमिन तानेको छ । जसले गर्दा यसभन्दा माथि बसपार्कसम्म पनि तान्न सक्नु अनुमान गरिएको छ । यहाँको जोखिमीलाई मध्यनजर गरी भू तथा जलाधार कार्यालयले दुईबर्षअघि खोल्साको दुवै छेउ तटबन्ध गर्न बजेट विनियोजन गरेको थियो ।
तर अहिलेसम्म कार्यक्रम सुरु भएको छ्रन । ‘८०, ८५ लाखको कार्यक्रम परेको छ भन्ने सुनेका छौँ । यसपालि त पक्का पनि काम सुरु हुन्छ होला’, अधिकारीले भने ।
यहाँ माथिबाट छापिएको पुरुवा माटोले गर्दा पहिरो गएको अर्का स्थानीय सीताराम श्रेष्ठको अनुमान




