| मङ्लबार, कार्तिक २४, २०८३

चट्याङ लागेर दुई घरमा क्षति

सोमबार बिहान परेको चट्याङका कारण सिरानचोक गाउँपालिकाको दुई घरमा सामान्य क्षति पुगेको छ ।
वडा नम्वर ४ खमारीका दर्जबहादुर भण्डारी र वडा नम्वर ५ तल्लो चित्रेगाउँकी सिता बरामको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको घरमा रहेको मिटरबक्समा क्षति पुगेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । चट्याङका कारण भण्डारीका परिवार बिक्रम र चन्द्रकलासँगै बरामकी छोरी पविनाको कानमा सामान्य समस्या देखिएको बताइएको छ ।

यता रुखको हाँगाले लागेर भीमसेन थापा गाउँपालिका–४ बालुवाटारका नवराज लामिछानेको घरमा क्षति पुगेको छ । सोमवार बिहान घर नजिकै रहेको पिपलको रुखको हाँगाले लागेर उनको जस्ताले बारेको र जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रुपमा क्षति पुगेको डिएसपी श्रेष्ठले बताए ।

‘बिहान करिव ९ बजेको घटना रहेछ,’ उनले भने, ‘घरमा कोही नभएको बेला भएर मानवीय क्षति भने हुन पाएन ।’

प्रतिक्रिया दिनुहोस्