
डेङ्गु सङक्रमणः गोरखा उच्च जोखिमको चौँथो नम्बरमा
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेङ्गु संक्रमण जोखिमका आधारमा गोरखा प्रदेशको चौँथो नम्बरमा परेको छ । प्रदेशको ११ जिल्लाहरु मध्य छिमेकी जिल्ला तनअुँ डेङगु संक्रमण उच्च जोखिमका आधारमा पहिलो नंबरमा परेको छ । यस्तै, कास्की, पर्वत हुँदै गोरखा चौँथो स्थानमा परेको हो ।
सबैभन्दा कम मनाङका २ जना डेङगु संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
जिल्लामा हालसम्म ५२९ जना डेङ्गु संक्रमण देखिएको छ । यस्तै, १०८ जनामा स्क्रब टाईफस देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । असार साउन यता उक्त सङख्यामा संक्रमण फैलिएको कार्यालयको भनाई छ । कार्यालयका अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकामा संक्रमण फैलिएको हो ।
गोनपामा १६९ जनामा डेङ्गु संक्रमण पुिष्ट भएको छ । यस्तै ६० जनामा स्क्रब टाईफस देखिएको कार्यालयले जनाएको छ । पालुङटार नगरपालिकामा १२३ जनामा डेङ्गु संक्रमण देखिएको छ । यसैगरी १९ जनामा स्क्रब टाईफस देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आरुघाट गाउँपालिकामा १६४ जनामा डेङ्गु संक्रमण देखिएको छ भने २९ जनामा स्क्रब टाईफस पुष्टि भएको छ ।
भिमसेनथापा गाउँपालिकामा ४२ जनामा डेङ्गु देखिएको हो । यस्तै, सहिदलखनमा १३, अजिरकोटमा ९, गण्डकीमा ५ र बारपाक सुलिकोट गाउँपालिकामा ४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




