| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिवासमै राजश्व दाखिला गर्ने व्यवस्था मिलाउन चुमनुब्रीको पहल

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले सिर्दिबासस्थित कुमारी वैँकको शाखामा राजश्व खाता खोली राजश्वको कारोबार सुचारु गर्न पहल गरेको छ । पालिकाले राजश्व दाखिला गर्न कुमारी बैँकसँग सम्झौँता गर्ने पहल गरेको हो ।

बैँकका नायब कार्यकारी निर्देशक सुघिर पाण्डेसँग छलफल गरी सम्झौँता प्रक्रिया अघि बढाइएको पालिका अध्यक्ष निमा लामाले बताए ।

‘पालिकाभित्र संकलन हुने राजश्व दाखिला गर्न १०० किलोमिटर पर सदरमुकाम धाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘राजश्व दाखिला गर्ने प्रक्रिया निकै खर्चिलो र झन्झटिलो भएकाले सिर्दिबासस्थित कुमारी बैँक शाखालाई संघीय सरकारको राजश्व खातामा राजश्व दाखिलाका लागि आरएमआईएस प्रणालीको पहुँच प्रदान गर्न अनुरोध गरेका हौँ ।

’ बैँकसँग सम्झौँता भएसँगै पालिका तथा जडिबुटी संकलन गर्ने नागरिकहरुलाई राजश्व दाखिला गर्न निकै सहज हुने उनले बताए । कुमारी बैँकले पनि राष्ट्रिय वाणिज्य बैँकसँग स्वीकृति लिएर छिटै प्रक्रिया अघि बढाउने बताएको पालिका अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्