| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार भएको कार्यक्रममा लायन्स क्लव अफ गोरखा वर्ष २०२३/२४ का अध्यक्ष भगवान बाबु मास्केले वर्ष २०२४/२५ का अध्यक्ष सुजन कुँवरलाई पद हस्तान्तरण गरेका हुन् ।
यस्तै, लायन्स क्लव अफ गोरखा कालिकाकी वर्ष २०२३/२४ की अध्यक्ष कल्पना श्रेष्ठले वर्ष २०२४/२५ की अध्यक्ष शारदा खत्रीलाई पद हस्तान्तरण गरेको लायन्स क्लव अफ गोरखा वर्ष २०२३/२४ का सचिव गोबिन्द गुरुङले जवानकारी दिए ।

पदस्थापना कार्यक्रमकै बीच लायन्स क्लव अफ गोरखाले दुईवटा क्लवलाई चार्टड् हस्तान्तरण गरेको छ ।

लायन्स क्लव अफ ओल्ड क्यापिटल र लायन्स क्लव अफ गोरखा बज्रकालीकालाई क्लव चार्टड् ह्यान्डओभर गरेको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्