
दुवै मृगौला फेल भएकी गुरुङलाई नगद सहयोग
दुवै मृगौला फेल भएकी धार्चे गाउँपालिका–७ लापुकी ११ वर्षीय अनुजा गुरुङलाई नगद सहयोग गरिएको छ । तमु प्ये ल्हु संघ प्रवास शाखा हङकङले तमु प्ये ल्हु संघ गोरखामार्फत नगद सहयोग गरेको संघका गोरखा जिल्ला अध्यक्ष सूर्यबहादुर गुरुङले जानकारी दिए ।
प्रवास शाखा हङकङले ११ वर्षीय गुरुङको उपचारका लागि १ लाख ८० हजार सहयोग गरेको उनले बताए । संघले शनिबार एक कार्यक्रम गरी गुरुङकी आमालाई नगद हस्तान्तरण गरेको छ ।
‘पीडितको उपचारमा थप सहयोग पु¥याउने उद्देश्यसहित संघले सहयोगको अपिल गर्दै आएको छ’, संघका अध्यक्ष सूर्य गुरुङले भने, ‘हङकङ सहित यही पनि आर्थिक संकलनका कार्यहरु भईरहेका छन् ।’ उनले आर्थिक संकलनमा सहयोग पु¥याउन अपिल समेत गरेका छन् ।
तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति गोरखाका अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षता तथा धार्चे गाउँपालिका अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न नगद हस्तान्तरण कार्यक्रममा संघका केन्द्रीय एवं प्रदेश समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो ।




