
पहिरोले निवेल–घ्याम्पेशाल सडकखण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्ग अन्तरगतको निवेल घ्याम्पेशाल सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
वुधवार बिहान करिव चार बजे गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेसँगै बिहानैदेखि सो खण्डमा सवारी साधन आउजाउ ठप्प छ ।
अविरल बर्षाका कारण गएको पहिरोले जेसिभिमा समेत सामान्य क्षति पु¥याएको स्थानीयले बताएका छन् ।
अहिले पहिरो हटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
सो रुट भएर आउने सवारी साधनलाई बैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ ।




