
हज यात्राबाट फर्केकाहरुलाई प्रशासनको स्वागत
हज यात्राबाट फर्केका गोरखाका हाजीहरुलाई स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओडाएर फुलको गुच्छाले उनीहरुलाई स्वागत गरेका हुन् ।
गत बर्ष जिल्लाबाट १३ जना हजयात्रामा गएका थिए । उनीहरुमध्ये ११ जना गोरखा नगरपालिका र २ जना भीमसेनथापा गाउँपालिका थिए । गत जेठ २ गते साउदी अरवको मक्का र मदिना प्रस्थान गरेका उनीहरु करिब ४५ दिन हजमा सहभागी भई असार १५ गते नेपाल फर्केका थिए ।
उनीहरुलाई प्रशासनले एक कार्यक्रमका बीच स्वागत गरेको हो । कार्यक्रममा बोल्दै गोरखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष समेत रहेका रहमतुल्ला मियाले हज यात्रा निकै व्यवस्थित रहेको बताए ।
‘सबै सहभागिहरुले गर्नुपर्ने क्रियाकलापहरु ग¥यौ, सकुसल गयौँ, सकुसल आयौँ’, उनले भने, ‘सायद यसरी प्रशासन कार्यालयले बिदाई र स्वागत गरेको नेपालमा नै पहिलो पटक होला ।’ सबैको साथ र सहयोगले हज यात्रा निकै उपलब्धीमूलक बनेको उनले जानकारी दिए ।
प्रजिअ दाहालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, सहभागीको तर्फबाट मिया लगायतले मन्तव्य राखेका थिए ।
हजमा सहभागी भएपछि पुण्य कमाइने मुस्लिम समुदायहरुको धार्मिक बिश्वास छ । हज यात्रामा सहभागी हुनेले जनही चार लाख १५ हजार रकम नेपाल सरकारलाई बुझाउनुपर्छ ।




