| सोमवार, कार्तिक २३, २०८३

सुन सफा गर्ने बाहानामा ठगी

गोरखामा सुन सफा गर्ने बाहानामा ठगी भएको छ । गोरखा नगरपालिका वडा नं ७ बतासे बस्ने शोभा विश्वकर्माको घरमा सुन सफा गर्न आएको व्यक्तिले करिब डेढ तोला सुन ठगी गरेको पिडीतले जनाएकी छिन् ।
केही दिन अघि नाम ठेगाना नखुलेको मधेसी मुलको जस्तो देखिने व्यक्तिले सुनका गहानाहरु सफ गर्दिने भन्दै उनीसँग गहना मागेर सफा गरेका थिए ।

सोही दिन साँझ गहना हेर्दा कम तौल र साटिएको जस्तो पाएपछि उनले जिल्ला प्रहरी कार्यालयमा खबर गरेकी थिइन् । उनको निवेदनको आधारमा प्रहरीले ठगी गर्ने व्यक्तिको खोजी गरी रहेको जनाएको छ ।

आफ्नो सामाजिक सञ्जालमा समेत प्रहरीले सार्वजनिक सूचना जारी गरी ती व्यक्ति फेला परेमा खबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्