
धुमधाम गाईजात्रासंगै रामायण निकालियो
गाईजात्रा पर्व गोरखामा धुमधामले मनाइएको छ । मंगलवार बिभिन्न टोलबाट टाकटुके नाँच सहित जात्रा निकालिएको थियो । बजार क्षेत्रको ठुलोआँगन, छिपिटोल, रानीपोखरी, बसपार्क लगायतका क्षेत्रमा जात्रा लागेको थियो ।
स्वर्गीय मंगलवावु श्रेष्ठको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनका परिवार तथा आफन्तजनले रामायण समेत निकालेका थिए । जिल्ला सदरमुकामको तीनधारेस्थित उनकै निवासबाट निकालिएको रामायणले बजार परिक्रमा गरेको थियो ।
उक्त रामायणमा गोरखा घर भई काठमाडौ बस्दै आएका र हाल गोरखा फर्क अभियान संचालन गरेकाहरुको पनि सहभागीता रहेको थियो । समाजसेवीका रुपमा चिनिने स्वर्गीय श्रेष्ठ त्रिभुवन पुस्तकालयका संस्थापक मध्येका एक हुन् । जिल्ला सदरमुकामसँगै ग्रामिण भेगहरुमा पनि जात्रा निकालिएको बताइएको छ ।




