| मङ्लबार, कार्तिक २४, २०८३

डेंगु रोगको संक्रमण बढेको भन्दै सजग रहन आग्रह

जिल्लामा डेंगु रोगको संक्रमण फैलिदै गएको भन्दै सजग रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । छिमेकी जिल्ला तनहूँमा फैलिएको डेंगु संक्रमणका कारण गोरखामा पनि संक्रमितको संख्या बढ्न थालेको कार्यालयले जनाएको छ ।

‘तनहूँको आँबुखैरेनीमा व्यापाक रुपमा फैलिएको डेंगीको प्रभावले गोरखामा पनि संक्रमितको संख्या बढ्न थालेको छ,’ कार्यालयका नारायणबाबु अर्यालले भने, ‘हामीले सबै स्थानीय तहलाई सजगता अपनाउन आग्रह समेत गरेका छौ ।’

उनका अनुसार शहीद लखन गाउँपालिकाको वडा नम्वर १ शेरावेशीमा एकै दिन ६ जनामा डेंगु संक्रमण पुष्टी भएको थियो । गत साउन २९ गते १२ जनामा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको अर्यालले जानकारी गराए ।

डेंगु रोग नियन्त्रणका लागि कार्यालयले अभिमुखिकरण कार्यक्रमलाई तिव्रता दिएको उनको भनाइ छ । स्थानीय तहहरुको समन्वयमा बिभिन्न ठाउँमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको बताइएको छ ।

गत साउन ३२ गते गोरखा नगरपालिकाको समन्वयमा टोलका प्रतिनिधीहरुलाई अभिमुखिकरण गराइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्