| मङ्लबार, कार्तिक २४, २०८३

गाईजात्रामा झै–झगडा र उच्छृङ्खल गतिविधि गर्नेलाई कारवाही हुने

गाइजात्रा पर्वमा झै–झगडा गरी उच्छृङ्खल गतिविधि गर्नेहरुलाई कारवाही हुने भएको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जात्रामा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्ने, झै–झगडा गर्ने र होहल्ला गरी शान्ति सुरक्षामा खलल पु¥याएर सामाजिक सद्भाव भड्काउनले जस्ता कार्य नगर्न आग्रह गरेको छ ।

सूचनाको अवज्ञा गर्दै त्यस्ता गतिविधी गर्नेलाई कानून अनुसार कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ । यता जिल्ला प्रहरी कार्यालयले पनि सूचना जारी गर्दै सौहार्दपूर्ण वातावारणमा जात्रा सम्पन्न गर्न आग्रह गरेको छ ।

जात्राको नाममा हुने हुलहुज्जत तथा अमर्यादित क्रियाकलापप्रति प्रहरी कार्यालय सचेत रहेको बताउँदै कानून विपरित कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्