
गोरखाका चार कार्यालय प्रमुखहरुको सरुवा
गण्डकी प्रदेश सरकार अन्तरगत गोरखाका चार कार्यालय प्रमुखहरुको सरुवा भएको छ । प्रदेश सरकारले शुक्रबार सरुवा सूची सार्वजनिक गर्दै जिल्लाका चार कार्यालय प्रमुख सहित अन्य कर्मचारीहरुको सरुवा गरेको हो ।
कृषि ज्ञान केन्द्र गोरखाकी मिरा चौधरीको भुमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ । यस्तै, भेटेनरी अस्पताल तथा पश् सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालको विज्ञ केन्द्र नवलपरासी वर्दघाट सुस्ता पुर्वमा सरुवा भएको मुख्यमन्त्री कार्यालयको सरुवा सूचीमा उल्लेख छ ।
यसैगरी सामाजिक बिकास कार्यालयका प्रमुख दिपेन्द्र परियारको शिक्षा तालिम केन्द्र, तनहुँ र पर्यटन तथा घरेलु उद्योग कार्यालयका सूर्य भुजेलको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र कास्कीमा सरुवा भएको बताइएको छ ।
कृषि ज्ञान केन्द्रमा प्रकाश बास्ताकोटी, भेटेनरी अस्पताल तथा पश् सेवा विज्ञ केन्द्रमा डा अनन्त कोइराला र पर्यटन तथा घरेलु उद्योग कार्यालयमा अमर नेपालीलाई प्रमुख तोकिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । सामाजिक विकास कार्यालयको प्रमुख तोक्न भने बाँकी रहेको कार्यालयको भनाई छ ।




