| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटारको मदनेडाँडा माविमा स्वास्थ्य शिविर सम्पन्न

पालुङटार नगरपालिका वडा नं ९ स्थित मदनेडाँडा माविका स्वास्थ्य शिविर सम्पन्न भएको छ । आईएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड आँबुखैरेनी शाखाको आयोजना तथा मनकामना मेडिकल हल छेवेटारको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

बिहीबार सम्पन्न शिविरबाट अभिभावक, विद्यार्थी र शिक्षक गरी ११० बढीले सेवा लिएको आईएमई लाइफ इन्सुरेन्स आँबुखैरेनी शाखाका महेन्द्र साखीले जानकारी दिए । ‘दुर्गम भेगका बासिन्दाहरुलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य सहित एक दिनका लागि भएपनि शिविर संचालन गरेका हौँ’, उनले भने । कम्पनीको ७ औँ वार्षिकोत्सवको अवसर पारेर शिविर संचालन गरिएको उनले बताए ।

मदनेडाँडा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपाल कहादुर गुरुङको अध्यक्षतामा सम्पन्न शिविरमा विद्यालयका प्रध्यानध्यापक विजयश्वर पाण्डे, आईएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका गण्डकी प्रदेश प्रमुख कर्मराज पैडेल, कम्पनीका एमडिआरटीहरु विजय फुंजली, मान बहादुर कुँवर, कम्पनीका एजेन्सी म्यानेजर जर्पन श्रेष्ठ लगायतको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्