
लायन्स डिष्ट्रिक्ट ३२५ को डिएलएलआई गोरखामा सुरु
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि सुरु भएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको एक समारोह बीच लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले उद्घाटन गरे । तीन दिने नेतृत्व विकास कार्यक्रममा सार्वजनिक भाषण तथा उद्घोषण कला, नेतृत्व विकास, लायनवादका आधारभूत सिद्धान्त, मानवता पहिलो, क्लबको उत्कृष्टताका लागि सामूहिकता, नेतृत्व विकास सम्वन्धी विभिन्न अभ्यास लगायतका विषयमा एलसी आइएफ एरिया लिडर राजन लम्साल, मल्टिपल डिष्ट्रिक्ट कोओर्डिनेटर डि.के. ढुङ्गाना, पूर्व डिष्ट्रीक्ट गर्भनर दिनेश श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, मोटिभेशनल स्पिकर नर बहादुर कार्र्की, डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गाना, डिएलएलआई चिफ पार्वती खरेल पाण्डे लगायतले सहजीकरण गर्नुहुनेछ ।
कार्यक्रममा विभिन्न जिल्लाबाट ८६ वटा क्लबको सहभागिता रहेको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले जानकारी दिए । कार्यक्रम सुरु हुन अघि हरमटारी चोकबाट बाजासहितको लायन्सको ¥यालीले बजार परिक्रमा गरेको थियो ।





