| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा दुई महिनामा ५२९ जना डेङ्गु संक्रमित, १०८ जनामा स्क्रब टाईफस पुष्टी

गोरखामा दुई महिनामा अवधीमा ५२९ जना डेङ्गु संक्रमण देखिएको छ । यस्तै, १०८ जनामा स्क्रब टाईफस देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको हो । असार साउन यता उक्त सङख्यामा संक्रमण फैलिएको कार्यालयको भनाई छ । कार्यालयका अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकामा संक्रमण फैलिएको हो ।

गोनपामा १६९ जनामा डेङ्गु संक्रमण पुिष्ट भएको छ । यस्तै ६० जनामा स्क्रब टाईफस देखिएको कार्यालयले जनाएको छ । पालुङटार नगरपालिकामा १२३ जनामा डेङ्गु संक्रमण देखिएको छ । यसैगरी १९ जनामा स्क्रब टाईफस देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आरुघाट गाउँपालिकामा १६४ जनामा डेङ्गु संक्रमण देखिएको छ भने २९ जनामा स्क्रब टाईफस पुष्टि भएको छ ।
भिमसेनथापा गाउँपालिकामा ४२ जनामा डेङ्गु देखिएको हो । यस्तै, सहिदलखनमा १३, अजिरकोटमा ९, गण्डकीमा ५ र बारपाक सुलिकोट गाउँपालिकामा ४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्