| मङ्लबार, कार्तिक २४, २०८३

आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार

गोरखासदरमुकामको छिमेकी तनहुँको आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको संख्या बढ्दै गएपछि सो रोगको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेंगु संक्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेंगु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेंगु परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाअध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

प्रारम्भिक लक्षण देखिएका सबैलाई ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ विधिबाट परीक्षणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै, गरिब तथा आर्थिक रुपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्ग, सहाराविहीन अशक्त एवं अपांगता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा बेहोरिने चुमानले बताए ।

आँबुखैरेनीमा केही दिनयता डेङ्गु सङ्क्रमित बढेकाले सतर्कता अपनाउन आवश्यक रहेको अस्पताल प्रमुख डिबी क्षेत्रीले बताए । डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्