| मङ्लबार, कार्तिक २४, २०८३

निशुल्क दन्त शिविरमा ३०० बढीले सेवा लिए

रोटरी क्लव अफ गोरखाको आयोजनामा सम्पन्न दन्त शिविरमा ३०० बढीले सेवा लिएका छन् । यही साउन २१ गतेबाट सुरु भएको शिविर सोमबार सम्पन्न भएको थियो । डेन्टल भोलिन्टियरिङ्क टिम जर्मनीको समन्वयमा शिविर संचालन गरिएको रोटरी क्लबका क्लब एड्मिन कमल पोखरेलले जानकारी दिए ।

‘शिविर गोनपा–१० छेवेटार स्थित आधारभूत स्वास्थ्य केन्द्रमा ४ दिन र सहिदलखन गाउँपालिका–८ स्थित आरसिसि भिलेजमा ३ दिन गरी ७ दिनसम्म चलेको थियो’, उनले भने, ‘छेवेटारबाट २०० र सहिदलखनबाट करिब १०० जनाले सेवा लिएका छन् ।

’शिविरमा दाँतको सामान्य चेकजाँच, दाँत निकाल्ने, दाँत भर्ने तथा निशुल्क औषधी लगायतको सेवा दिइएको उनले बताए । १२ वर्ष मुनिका बालबालिका तथा ५० नाघेकाहरुलाई लक्षित गरेर शिविर संचालन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्