| मङ्लबार, कार्तिक २४, २०८३

संयुक्त एम्वुलेन्स चालक संघको अध्यक्षमा थापा

संयुक्त एम्वुलेन्स चालक संघ नेपाल जिल्ला शाखा गोरखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले चित्रबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

संघको उपाध्यक्षमा बिष्णुकुमार श्रेष्ठ, सचिवमा सन्दिप रम्तेल, कोषाध्यक्षमा कमल बसेल चयन भएका छन् । सदस्यहरुमा टंकबहादुर घले, रमेश गुरुङ, रोशन राना, कमल अधिकारी, फिरोज आलम रहेका छन् ।

संघका जिल्ला अध्यक्ष बिष्णु नेपालीको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यमप्रसाद शर्मा, शहिद लखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ, रमेश कटुवाल, अशोक राना लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्