
गोरखामा विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइयो
गोरखामा ३० औं विश्व आदिवासी जनजाति दिवस धुमधामले मनाएको छ । आदिवासी जनजाति महासंघ जिल्ला परिषद् गोरखाको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आदिवासी जनजाति भित्रबाट एस.ई.ई मा जिल्ला उत्कृष्ट भएकी अशिका थापा मगर, गोरखा जिल्लाबाट राष्ट्रियस्तरबाट मेडल प्राप्त बुद्ध लामा, ३० वर्षदेखि सितोरिया करातेँेका प्रमुख प्रशिक्षक ग्याम्जो लामा सम्मानित भएका छन् ।
साथै दिवसको अवसरमा ‘समानुपातिक समावेशी, धर्म निरपेक्ष, सामाजिक न्याय समानता’ विषयक प्रशिक्षण कार्यक्रम गरिएको थियो । आदिवासी भनेको के हो ? आदिवासी आन्दोलन, आदिवासीको उत्पति काम कर्तव्यको बारेमा प्रशिक्षण गराएको अध्यक्ष आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु राना मगरले बताए ।
प्रशिक्षण कार्यक्रमलाई मगर संघका केन्द्रीय सल्लाहकार एवम गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर र तमु ह्युल छोँज धिका केन्द्रीय उपाध्यक्ष नरबहादुर गुरुङले सहजिकरण गरेका थिए । यता आदिवासी जनजाति पत्रकार महासंघ गोरखा शाखाको टिमलाई पनि समाचार सम्प्रेषण गरिदिएको भन्दै समान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख आतिथ्यता तथा आदिवासी जनजाति महासंघ जिल्ला परिषद् गोरखाका अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोँजधिका जिल्ला अध्यक्ष राम बहादुर गुरुङ, मगर संघ गोरखाकी उपाध्यक्ष नानु माया थापा मगर, घले समाजका अध्यक्ष राम बहादुर घले, मगर बृद्ध सेवा समितीका अध्यक्ष मिन बहादुर थापा मगर, सितिरिया करातेँ महासंघ गोरखाका अध्यक्ष राम बहादुर थापा मगर, फोनिज गोरखाकी अध्यक्ष मेलिना बराम तथा मगर बृद्ध सेवा समितीकी कोषाध्यक्ष रिना गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




