| मङ्लबार, कार्तिक २४, २०८३

किसानले पशुचौपाया क्षतिको राहत रकम पाएनन्

वन्यजन्तुले घरपालुवा पशुचौपायामा पु¥याएको क्षतिवापत पाउनुपर्ने राहत रकम जिल्लाका किसानहरुले पाएनन् । संघ सरकारबाट रकम प्राप्त नभएपछि किसानहरुले राहत नपाएका हुन् ।

राहत रकम माग गर्दै गत आर्थिक बर्ष २०८०/८१ मा १ सय ९३ जना किसानले डिभिजन वन कार्यालयमा निवदेन दिएका थिए । ‘गत आव वन्यजन्तुहरुबाट भएको क्षति सम्बन्धी १९३ वटा निवेदन आएको थियो’, कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले भने, ‘कुल २२ लाख ६२ हजार राहत रकम माग भएको थियो तर, बजेट नै नआएपछि क्षतिपूर्ति दिन सकिएन ।’

यो आर्थिक वर्ष भने बजेट आउने बताउँदै उनले त्यसलाई प्राथमिकताका आधारमा वितरण गर्ने जानकारी दिए । कार्यालयको तथ्याङ्क अनुसार गत आथिएक बर्ष वन्यजन्तुबाट २४२ वटा पशुचौपाया मरेका थिए भने ६ वटा घाइते भएका थिए । सोही वापत क्षतिपूर्ती रकम माग गर्दै किसानहरुले कार्यालयमा आवेदन दिएका थिए ।

यसअघिसम्म राहत बाँड्ने जिम्मा राष्ट्रिय निकुञ्जलाई थियो । गत बर्षबाट डिभिजन वन कार्यालयलाई जिम्मा दिएपनि रकम नआउँदा राहत वितरण गर्न नसकिएको कार्यालय प्रमुख शाण्डिल्यले बताए । यता गत आर्थिक बर्ष कार्यालयले जिल्लाका बिभिन्न ठाउँबाट वन्यजन्तुको उद्धार समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्