| सोमवार, कार्तिक २३, २०८३

नाबालिका जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रौतहट बृन्दावन नगरपालिका वडा नं.५ घर भई जिल्ला मकवानपुर, हेटौडा उप महानगरपालिका वडा नं.४ बस्ने २१ वर्षीय दीपेन्द्र दास जबरजस्ती करणी अभियोगमा पक्राउ परेका हुन् ।

दासले ११ वर्षकी बालिकालाई यही साउन १ गते ललाइफकाई गोरखा सदरमुकाममा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताए । बालिकालाई साउन ६ गतेदेखि १८ गतेसम्म डर–त्रास देखाई जबरजस्ती करणी गरेको भनी पीडितको बुबाले प्रहरी कार्यालय मकवानपुरमा दिएको जाहेरीको आधारमा दासलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ परेका दासलाई मंगलबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको उनले बताए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्