| मङ्लबार, कार्तिक २४, २०८३

वन क्षेत्रमा फोहोर जम्मा गर्ने र खेलमैदान बनाउने क्रम बढ्यो

जिल्लामा वन अतिक्रमण मुख्य समस्याको रुपमा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा फोहोर जम्मा गर्ने, खेलमैदान बनाउने जस्ता गतिविधि बढेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

‘नयाँ अतिक्रमण भएको छैन,’ उनले भने, ‘पुरानो अतिक्रमणलाई घटाउँदै लगेपनि वन क्षेत्रमा फोहोर जम्मा गर्ने, खेल मैदान बनाउने परम्पराले समस्या बनाएको छ ।’ दिगो वन व्यवस्थापन कार्यविधि जारी नहुदाँ वन क्षेत्रको उचित व्यवस्थापन हुन नसकेको उनले जानकारी दिए । संस्थागत क्षमता र आवश्यक जनशक्ति तथा स्रोत साधानको अभावका कारण पनि समस्या हुने गरेको उनको भनाइ छ । वन पैदावार तथा वन्यजन्तुको चोरी निकासी पनि हुने गरेको उनले जानकारी दिए ।

‘चोरी निकासी शुन्य बनाउने प्रयास रहेता पनि यदाकदा चोरी निकासी हुने गरेको छ,’ उनले भने । वन डढेलो नियन्त्रणमा पनि समस्या हुने गरेको बताउँदै कार्यालय प्रमुख शाण्डिल्यले अनावश्यक उजुरी तथा त्यसको व्यवस्थापनमा समस्या हुने गरेको बताए । केही दिनअघि कार्यालयको गत आर्थिक बर्षको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उनले सो कुरा जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्