
चट्याङ लागेर पालुङटारको एक घरमा क्षती
मंगलबार राती चट्याङ लागेर पालुङटार नगरपालिका वडा नं ९ ढुङगेटारी स्थित एक घरमा क्षती पुगेको छ । स्थानीय हर्क बहादुर थापाको साढे दुई तलाको घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङले घरको अगाडी पट्टीको भागमा अंशीक क्षती पु¥याएको यिएसपी रमेश कुमार श्रेष्ठले बताए । विद्युतीय सामाग्रीहरु पनि पुर्ण रुपमा क्षती भएको उनले जानकारी दिए । चट्याङबाट मिटरबक्स लगायत २ वटा फ्रिज, ४ थान पङ्खा र अन्य विद्युतीय उपकरणहरुमा क्षती पुगेको बताइएको छ ।




