| मङ्लबार, कार्तिक २४, २०८३

पहिरोले वस्ती जोखिममा

अजिरकोट गाउँपालिका वडा नम्वर १ घ्याच्चोकस्थित बास्बोट गाउँ नजिकै पहिरो गएको छ । मंगलवार बिहान गएको पहिरोका कारण वस्ती जोखिममा परेको वडाध्यक्ष मनोज गुरुङले बताए ।

‘गाउँभन्दा करिव दुई सय मिटर तल पहिरो खसेको हो,’ उनले भने, ‘अव लगातार पहिरो गयो भने गाउँ बगाउन सक्ने खतरा छ ।’ यसअघि २०७२ सालको गोरखा भूकम्पमा त्यस ठाउँमा पहिरो गएको थियो ।

त्यस यता पहिरो रोकिएपनि मंगलवार पुनः पहिरो गएको गुरुङले जानकारी दिए । उनका अनुसार पहिरो माथि रहेको वस्तीमा करिव ३५ घरधुरी छन् ।

प्रतिक्रिया दिनुहोस्